एउटै दृष्टि, भिन्न कोण

लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुदै

रुपन्देही २०७७ चैत्र २९ गते आइतवार

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुने दाबी गरे ।

आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधान भित्र बसेर भएकाले छिट्टै निकास निस्कने बताए ।

उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस