एउटै दृष्टि, भिन्न कोण

बंगलाचुलीमा राष्ट्रपति रनिङ्सिल्ड प्रतियोगिता सुरु

दाङ २०७७ चैत्र २९ गते आइतवार

दाङको बंगलाचुली गाउँपालिकामा आज देखि १२ औँ तथा यस गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता सुरु भएको छ । आज देखि सुधा माद्यामिक बिद्यालयमा सुरु भएको हो । गाउँपालिका वडा नं.- ५ का अध्यक्ष यनुराज खत्रीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्यता र उपाध्यक्ष यमुना घर्तिथापामगर विशिष्ट आतिथ्यमा प्रतियोगिता सुरु गरीएको हो ।
बंगलाचुली गाउँपालिकाको सहयोग तथा सुधा मा.वी. झेलनेटाको व्यवस्थापनमा सोही विद्यालयमा आयोजित खेलकुद प्रतियोगितामा विभिन्न विद्यालयको सहभागिता रहेको छ ।
विद्यालयका प्रधानाध्यापक वाबुराम पौडेको स्वागत मन्तव्य बाट सूरु भएको कार्यक्रमको सहजिकरण शिक्षक शोम बहादुर वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस