एउटै दृष्टि, भिन्न कोण

२३ वर्ष पछि च्यातिएको मुटुको पुनः उपचारमा सफलता सँगै थपिएको खुसी

काठमाडौ २०७७ चैत्र ३० गते सोमवार

जसको मापन गर्न कुनै यन्त्र नबनेको, भौतिक परिमाण नभएको यस जगतकै सबै भन्दा महँगो वा अतुलनीय वस्तु आकारमा सानो भएपनि माया र प्रेमले संबेगलाई चारवटा च्याम्बरले धानेको मेरो मुटु जस्तै हो मेरो स्थायी वस्ती सल्यान झिम्पे । भौगोलिक बनावटको हिसाबलेनेपाल जस्तै दुई ठुला पहाडको बिचमा अबस्थित र प्राकृतिक सुन्दरताको अनुपम उपहार सरल र सानो वस्ती हो । धमनी र शिरामा बहने रगत भन्दा कमि छैनन खोला र झरणा । जसरि एउटा धमनी बिग्रेर मुटुको निरन्तर कार्यमा अपूर्ण हुन्छ, त्यसरी नै संचार क्षेत्रमा मेरो बस्ति साचिकै अपाङ्ग मुटु जस्तै बस्नु परेको थियो । अत: धार्मिक वा आदर्श दर्शनका अनुसार चार वटै युगको चरम चक्र पार गर्दा होस् वा बैज्ञानिक सिद्धान्त अनुसार आधुनिक युगको बखत होस अनन्त: मेरो मुटु(टावर) ढिलै भएपनि उपचार(मर्मत) भएको छ । अझ स्पस्टमा भन्दा सास फेर्न पाएको छ । आफ्नो खबर सुन्न र बताउन सक्ने भएको छ ।

विगतको समयमा बनाएको र भत्काइएको त्यो दृश्य त देखिन तर पूर्वजको किवदन्ती अनुसार २०५४ सालको जनयुद्धको समयमा यसलाई माओवादीको नेत्रित्वमा बनेको चर्काचर्किले यसलाई अपाङ्ग बनाई छाडेको रे । जसरी हजारौ मान्छे मारिए, कयौ को सिन्दुर पोते खोसियो अनि आमाका कोख रितिए र घरवारविहीन भएका थिए त्यसरी नै मेरो मुटुको एउटा च्याम्बर च्याति घाइते बनाइएको थियो । अपाङ्ग बनाएर छोडेको मेरो मुटु प्रति ध्यान सजिलै र छिटै कसैको पुग्न सकेन । साचिकै अपाङ्ग बनाएको मेरो मुटुलाई तिम्रो स्वार्थ पद, प्रतिष्ठान प्राप्तिको लागि गरेको तिम्रो कुकार्यले आज सम्म कति पिडा र दुखमा छटपटिनु पर्यो । तिम्रो मनको तृष्णाको जालोले ढपक्कै ढाकेको ‘विकाश’ नामको तिम्रो निन्दनीय र घृणित काम (युद्धले )सायद मेरो मुटुलाई च्यात्न केहि बेरमै सफल भयौ होला । रगतको अभावमा पनि सकी नसकी शरीरका विभिन्न भागमा पुर्याउने प्रयासरत मेरो मुटु एउटा च्याम्बर च्यात्न बितिकै साचिकै अपूर्ण र अपाङ्ग भए जस्तै मेरो वस्ती संचारको अभावले दर्द र पिडामा छटपटीनु परेको थियो ।

संसारको कुनै खबर सुन्न र आफ्नो खबर बताउन असमर्थ भएको मेरो वस्ती वास्तमै अन्तर आत्मादेखि रोइरहेको थियो । प्रदेशिएका मनहरु बेखबरमै बस्नु परेको अनि घरपरिवारले आफ्नो समाचार बताउन नपाएको सम्पर्क बिहिन मेरो वस्ती तिमीले बनाएको पत्थर बनेको थियो । जब मेरो वस्तीबाट टाढीनु पर्यो यादका छालहरुको तरङ्ग जति बढेपनि म मौन बस्न बाध्य हुन्थे । सपनामा मात्रै आउने विपनामा वेखबर भइदिएको मेरो वस्तीको अन्तर रोदनको विषयमा लेख्न उठेको मेरा हात अकस्मात स्वयं रोकिन्थ्य। डराउनु पर्ने र लज्जास्पद हुनु पर्ने कारण के थियो त्यसमा तर आफ्नो कम्जोर स्थिति, घाइते अनि वेवारिसे कुरालाई पोख्न कहिलै हिम्मत गरेनन । केहि सेकेन्डमै च्यातिएको एउटा च्याम्बर (टावर) लाइ पुनः निर्माण सम्भार गर्न तिमीलाई कति बिन्ति चढाउनु पर्यो । भगवान पुग्ने नाममा वली चढाएर आउने तिमि यसको घाइते अबस्थामा र भत्किएको संरचना कहिलै बुझ्ने र हेर्ने प्रयास गरेनौ । विकाश को नाममा धेरै भौतिक संरचना बिगार्छौ । तर बिगारिएको वस्तु पुनः निर्माण गर्न तिमि वौद्धिक र दिमागिए क्षमता अलि ढिलै पुग्ने रहेछ । तिम्रो बिध्म्सकारी सोचले बिगारेको टावर आज झन्डै २३ वर्ष पछि मर्मत भएको छ । साचिकै एउटा अपाङ्ग अंगले उपचार पाएको छ । सबै झिम्पेका जनमानसको मानसपटलमा खुसी र प्रमोद छाएको छ ।

परिणाम ; बिगार्नकोलागि एक मिनेट काफी तर सुधार्नको लागि कति हो कति भने जस्तै धेरै संघर्ष पछि घाइते मुटु(टावर) को उपचार(मर्मत) भएको छ । मानवको आधारभूत आवश्यकता मध्य एउटा संचार जसको पुनः निर्माणको अब देखि आफ्नो समाचार बनाउन र अरुको सुन्न सक्ने भएको छ । यसलाई टुक्राउनेलाई त मेरो मुटुले कहिलै माफि दिदैन तर अहिले जसले यसलाई निर्माण गर्नु भयो उहा प्रति कृतज्ञता तथा आभार प्रकट गर्दछु । कुनै स्वार्थ बिना जनहितमा आधारित विकास भएमा साचिकै एउटा सफल र खुसी वस्ती हुनेछ । अन्ततः अपाङ्ग मुटु सपाङ्गमा परिणत हुनेछ ।ओष्णाको जालोले ढपकै ढाकेको ‘विकाश’ नामको तिम्रो निन्दनीय र घृणित काम युद्धले सायद मेरो मुटुलाई च्यात्न केहि बेरमै सफल भयौ होला । रगतको अभावमा पनि सकी नसकी शरीरका विभिन्न भागमा पुर्याउने प्रयासरत मेरो मुटु एउटा च्याम्बर च्यात्न बितिकै साचिकै अपूर्ण र अपाङ्ग भए जस्तै मेरो वस्ती संचारको अभावले दर्द र पिडामा छटपटीनु परेको थियो ।

प्रतिक्रिया दिनुहोस