एउटै दृष्टि, भिन्न कोण

मदनभण्डारी लोकमार्ग सर्वेमा लापरबाही : चुडामणि ओली ‘आदर्श’ले गरे सच्याउन माग

बाजुरा २०७८ बैशाख ३ गते शुक्रवार

नेत्रबिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ले कारागार भित्रैबाट पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोडिन लागेको राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी लोकमार्गमा लापरबाही भएको बिषयमा असन्तुष्टि व्यक्त गरेका छन् । बुधबार बाजुरा जिल्ला कारागारमा राजनीतिक बन्दी जीवन बिताइरहेका नेकपा निकट युवा संगठन नेपालका बाजुरा जिल्ला सदस्य अम्मलाल थापा ‘आशिष’का बुबा धनलाल थापाको निधन भएको तेह्रौ दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रमबाट असन्तुष्टिको सन्देश ब्यक्त गरेका हुन ।

मदनभण्डारी लोकमार्ग रोल्पा लिवाङ-जिनाबाङ हुँदै सल्यानको मोख्ला जोडिने भनेर रातो कितावमा पहिले नै छापिएको र सोहीअनुसार फिजिविलिटि रिपोर्ट नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने-‘रोल्पाको जिनाबाङबाट सिधै सल्यानको मोख्ला पुर्याउनुपर्नेमा ६० किलोमिटर बङ्गाएर उत्तरतिरबाट फिजिविलिटि सर्वे गरिएको रिपोर्ट पठाइएछ, यसमा जनतामाथि अन्याय गरिएको छ।,’ लिवाङदेखि जिनाबाङसम्म ७१ किलोमिटर बाटो डिटेल सर्भे गरिएको र जिनाबाङबाट सल्यानको मोख्लासम्म १९ किलोमिटर मात्र रहेको छ। तर उत्तरतिरबाट बाटो लैजादा ६० किलोमिटर अन्तर बनाएको बताए ।

‘प्रधानमन्त्री, राष्ट्रिय योजना आयोग, भौतिक पूर्वाधार मन्त्रालय, सडक बिभाग, सांसद र नेताहरुको काम के हो? त्यत्रो ठुलो राष्ट्रिय महत्वको योजनामा लापरबाही किन भयो? यसमा संम्बन्धीत निकाय किन मौन छ? यसको जवाफ चाहियो? भन्दै उनको प्रश्न गरेका छन। उनले राष्ट्रिय गौरवका आयोजनामा लापरबाही भएकाले त्यस्ता गम्भीर लापरबाही गर्नेमाथि छानविन गरि आवश्यक कारवाही गर्न आग्रह गरेका छन्।

उनले यस विषयमा सम्बन्धित निकायको समयमै ध्यान नजाने हो भने पुर्वदेखि पश्चिम महाकालीसम्मका जनतालाई आघात पुग्ने र जनताले पाउने सेवा सुबिधाबाट बन्चित हुने बताए। उनले राष्ट्रिय गौरवका आयोजनामा लापरबाही हुनु दुखको कुरा भएको भन्दै समयमै सच्याउन आग्रहसमेत गरेका छन्। आदर्शले अम्मलाल सहित उहाँको परिवार, आफन्तहरुमा यस दुखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस भन्ने कामना समेत गरेका थिए।

यस्तै उनले नयाँ वर्षको दिनमा कैदीबन्दी, नेता-कार्यकर्ता तथा आम जनसमुदायलाई नयाँ बर्षको शुभकामना समेत व्यक्त गरेका थिए ।

आदर्शले विश्वभरिका क्रान्तिकारी कम्युनिष्टहरुको एजेन्डा जनतालाई राम्रोसंग बुझाउन आवश्यक रहेको बताए। उनले भने- ‘अहिले केहि देशबाहेक विश्वमा १/२ जना व्यक्तिले मात्र सत्ता संचालन गरेका छन्, अब त्यसको विकल्पमा आम जनतालाई सत्ताको साँचो सुम्पिन बैज्ञानिक समाजबादमा जानुको विकल्प छैन्, अब जनतालाई एकपटक निर्णय गर्ने अधिकार दिनुपर्छ।’, उनले मन्तब्यमा भने । स्रोत : ई-रातोखाबर

प्रतिक्रिया दिनुहोस