एउटै दृष्टि, भिन्न कोण

एम्बुलेन्स दुरुपयोग बारे छानबिन हुने

रोल्पा २०७८ बैशाख ८ गते बुधवार

गंगादेब गाउँपालिकाद्वारा सञ्चालित एम्बुलेन्समा बिरामीको सट्टा नूनका बोरा,  मिलका चक्का र अरू निजी सामग्री ओसारेको तस्बिर सामाजिक संजालमा सार्वजनिक भएलगतै गंगादेव गाउँपालिकाले ध्यानाकर्षण भएको बताएको छ। एम्बुलेन्स सञ्चालक समितिले चालकसँग स्पष्टीकरण सोधेर वास्तविक जानकारी बाहिर ल्याउने फेसबुक स्टाटस मार्फत जानकारी दिएको हो।

एम्बुलेन्सले बिरामीको सट्टा मिलका चक्का, नुनका बोरा र अन्य निजी सामाग्री बोकेको तस्विर सामाजिक सञ्जालमा राख्दै एम्बुलेन्स संचालन पद्दतिमा बिरोध जनाएका थिए। विगतदेखि नै एम्बुलेन्सले बिरामी बोक्न छाडेर यस्तै निजी स्वार्थ र आम्दानीको लागि अन्य सामाग्री ओसार-पसार गर्ने गरेको संजालमा आरोप समेत लगाएका थिए ।

एम्बुलेन्सको प्रयोग र संचालन केवल मानव स्वास्थ्यसँग जोडिएको विषय भएको भन्दै स्थानीयले लापरबाही नगर्न सचेतसमेत गराएका छन्। आगामी दिनमा एम्बुलेन्सले बिरामी बाहेक अन्य सामान ढुवानी गरेको पाइएमा सञ्चालन कार्यविधी अनुसार कारवाही गर्न माग गर्ने चेतावनी दिएका छन्

प्रतिक्रिया दिनुहोस