एउटै दृष्टि, भिन्न कोण

एमाले रोल्पाको इन्चार्जमा नवीन रोका

काठमाडौ २०७८ बैशाख १० गते शुक्रवार

नेकपा (एमाले) जिल्ला कमिटी रोल्पाको इञ्चार्जमा नवीन रोकाले जिम्मेवारी पाएका छन्।

शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यसमेत रहेका रोकालाई एमाले आदिवासी जनजाती महासंघको सह-इन्चार्ज तथा रोल्पा जिल्ला इञ्चार्जको जिम्मेवारी तोकेको हो।

जिम्मेवारी पाएपछि लगतै नेता रोकाले रोल्पा जिल्लामा एमालेलाई एकतावद्ध गरेर लैजाने बताएका छन्।

उनले भने, ‘कोही कसैप्रति आग्रह-पूर्वाग्रह नराखी एकमतका साथ एकजुट भई अघि बढ्नेछौं।’ रोल्पामा जन्मेका रोकाले विभिन्न संघ-संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन्।

नेता रोका नेपाल मगर संघका केन्द्रीय अध्यक्ष समेत हुन्।

प्रतिक्रिया दिनुहोस