एउटै दृष्टि, भिन्न कोण

काठमाण्डौ उपत्यकाभित्र निषेधाज्ञा जारी: के गर्न पाइन्छ, के पाइदैन

काठमाडौ २०७८ बैशाख १३ गते सोमवार

काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले एक साताकोलागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

‘गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,’ गृह मन्त्रालय स्रोतले भन्यो। 

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ। 

प्रतिक्रिया दिनुहोस