एउटै दृष्टि, भिन्न कोण

प्रदेश सांसद दिपेन्द्र पुन “सिजल”द्वारा बिद्यालयको अनुगमण

रोल्पा २०७८ बैशाख १५ गते बुधवार

रोल्पाको गंगादेब गाउपालिकामा रहेको भगवति आधारभूत बिद्यालयमा प्रदेश सांसद दिपेन्द्र कुमार पुन सिजल र गाउपालिका अध्यक्षद्वारा अनुगमण गरिएको छ। प्रदेश सांसद दिपेन्द्र पुन सिजलको पहलमा प्रदेश सरकारको १० लाख अनुदानबाट निर्माण सम्पन्न पछि फिल्ड अनुगमण गरेका हुन ।

भौतिक पूर्वाधारमा कम्जोर रहेको बिद्यालयमा वडा पार्टी कमिटीको अनुरोध पश्चात् प्रदेश सरकारको नजर परेपछि स्थानियबासी खुसि भएका छन। विद्यालयको भौतिक पूर्वाधार सुधारको अपेक्षा राखिएपनि खेल मैदान मात्र सुधार भएको छ ।

बिद्यालयमा यस अघि स्थानियले बिभिन्न अभियान संचालन गरि खेल मैदानलाइ सहज बनाएका थिए भने गत आ.व. मा गाँउपालिकाले फिल्ड निर्माण शिर्षकमा रु ३ लाख बिनियोजन गरि सहयोग गरेको थियो । बजेट सदुपयोग गरि काम गर्न सक्षम यस समुदायमा प्रदेश सरकारबाट प्राप्त बजेटबाट प्रयाप्त खेलमैदान बन्ने अपेक्षा राखिएको थियो।

बिद्यालयमा बिगतमा जिल्ला शिक्षा कार्यालयबाट २ वटा भवन निर्माण र गाँउपालिका बाट १ वटा भवन निर्माण भएका थिए । कक्षा ८ सम्म संचालित यस विद्यालयमा भवन तथा कक्षाकोठा अभाव कायमै छ । सहज पठनपाठन संचालन गर्न बिद्यालयलाइ ४ कोठा भएको भवनको आवश्यकता रहेको छ ।

जिनावाङ सामुदायिक सिकाइ केन्द्रको भवन उदघाटन गर्न पुगेका गाँउपालिका अध्यक्ष बिरबहादुर खत्रीले फिल्ड निर्माणको काम सकिए लगतै बिद्यालयमा नया भवन निर्माणकोलागि प्रयाप्त बजेट ब्यवस्था गर्ने जनाएका थिए । बिद्यालयमा ४ कोठे भवन निर्माण गर्ने गाउपालिका अध्यक्षले गरेको प्रतिबद्दता पूरा गर्नेबेला आएको स्थानिय बासीले बताएका छन ।

गाउपालिकामा माओबादी केन्द्रको सरकारबाट शिक्षा क्षेत्रमा प्रयाप्त लगानि हुदाहुदै पनि शैक्षिक गतिविधि सुधार भने प्रयाप्त हुनसकेको छैन । बिद्यालयमा शैक्षिक प्रगति बिगत भन्दा कम्जोर भएकोमा स्थानियबासी रुष्ठ भएका छन ।

निर्माण चरणको फाइल तस्बिर:

प्रतिक्रिया दिनुहोस