एउटै दृष्टि, भिन्न कोण

गण्डकीको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा पुन: नियुक्त, विपक्षी गठबन्ध हेरेको हेरेई

काठमाडौ २०७८ बैशाख २९ गते बुधवार

पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: नियुक्त भएका छन् । प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेकी हुन् । गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस