एउटै दृष्टि, भिन्न कोण

जब बिहानै छोरीले फोन गरेर भनिन आमा बिरामी हुनुहुन्छ…

काठमाडौ २०७८ बैशाख ३१ गते शुक्रवार

गाउँमा फैलिएको महामारी र युवाहरुको सामाजिक अभियानमा अवरोध बास्तविकता

एका बिहानै मोबाइलको घण्टी बज्यो, फोन हेरे, छोरीको फोन रहेछ, के गर्छौ त? मेरो पहिलो प्रश्न थियो, छोरीले जवाफमा भनि अरु सबै ठिकै छ,  मम्मि बिरामि हुनुहुन्छ। म झसंग भए,  नेपालमा पनि कोरोनाको दोस्रो चरणको संक्रमण बढ्दै गएको याद आयो। साच्चिकै त्यस्तो नहोस भन्दै मनमनै सोचिरहे। दुई तीन दिनको लगातारको ज्वरोले लथ्रक्क पारिसकेको रहेछ । लगतै छोरीलाइ पनि ज्वरो आउन थाल्यो। उता ज्वरोले छोरी पनि हैरान परेको खबर सुने। अव मेरो अनुमान पक्का हुदै गएको थियो। त्यही समयमा गाउपालिकामा कर्मचारी, जनप्रतिनिधी लगाएत बजारबासीको कोरोना परिक्षण गरिएको नतिजा आयो। ४३ जनामा गरिएको परिक्षणमा ४२ जनामा संक्रमण भएको पुष्टि भयो। गाउपालिकाले तत्कालै गाउपालिका नै सिल गरेको प्रेश बिज्ञप्ती पनि सार्वजानिक भयो। अव मेरो अड्कल अनुसार पक्का परिक्षण बिना नै कोभिको संक्रमण छ भन्ने अनुमान सहि साबित भयो ।

यो अवस्था मेरो घरमा मात्र थिएन, गाँउभरीको नै समस्या थियो। उता स्थानिय स्वास्थ्यकर्मी राजन डाँगीले औषधि उपचारलाइ बिना बिभेद निरन्तरता दिएका थिए। उनि सबैको घर घरमा गएर उपचार गर्थे। तर यस्तो महामारी फैलीदा सम्म पनि गाउबाँसीकोलागि कोभिड परिक्षणको गर्न कसैको ध्यान जान सकेको थिएन। मैले गाउमा कोभिड सङ मिल्दोजुल्दो लक्षण भएको महामारी फैलिएको र यसको परिक्षण र उपचारकोलागि स्थानिय निकायको ध्यानाकर्षण गराउन फेसबुक स्टाटस जिल्ला बाहिरबाट लेखि नै रहे। तर पनि स्थानिय सरकार बाट र जिल्ला कोभिड बिपद ब्यवस्थापन समित कतैबाट परिक्षणको सुनुवाइ भएन। सरकारी निकाय पनि नि:शुल्क स्वास्थ्य उपचारकोलागि कुनै काम भएको देखिदैनथ्यो । गाँउमा प्राभइभेट मेडिकलको सहारामा उपचार भैरहेको थियो ।

 गाँउपालिका अध्यक्ष लगाएत जनप्रतिनिधि र कर्मचारीमा कोभिड संक्रमण देखिएर सबै आ-आफ्नो स्थानमा बसेका थिए। गाँउपालिकाको एम्बुलेन्स चालकमा पनि कोभिडको संक्रमण भएकाले एम्बुलेन्स सेवा पनि बिना सुचना लकडाउन सगै बन्द थियो । उता महामारी फैलिएको गाँउमा भने कहिले एम्बुलेन्सको खोजि त कहिले अब के गर्ने उपचार गर्न कहाँ लैजाने भनेर दुखेसो चलिरहन्थ्यो। कतिले त अब मरिन्छ भनेर जिवनको अन्तिम समय भन्दै अह्राउने सिकाउने गरेको थिए रे। यो मेरो गाउँ एक उदाहरण मात्र हो। गंगादेबका धेरै गाउँमा यस्तो पीडा भोगिरहेको वास्तबिता हाम्रो समाजमा छ। यति हुदा पनि गाउपालिकाले न कोभिड परिक्षणको ब्यवस्था मिलायो, न त प्रभाबित क्षेत्रमा प्रयाप्त औषधि लिएर स्वास्थ्यकर्मी खटायो। यहि अवस्थालाइ मध्यनजर गर्दै यूवाहरुले केही गरौ भनि भिडियो कन्फ्रेस मार्फत सल्लाह गरे। यूवाहरुले सल्लाह गरेको २४ घण्टामा थोपा थोपा बाट संकलन गर्दा पनि स्वघोषित झण्डै १लाख २१ हजार बराबर सहयोग प्रतिबद्दतम प्राप्त भयो। यहि सहयोग प्रतिबद्दतालाइ आधार मानेर स्वास्थ्य सामाग्री, औषधी र एन्टीजिन खरिद गरि गाउँ पठाउने सल्लाह भयो। स्वास्थ्य सामाग्रि र औषधि त पाइयो,  एन्टीजिन कीट प्राप्त गर्न केही समय पर्खनु पर्नेभयो। साथिहरुको सल्लाह बमोजिम स्वास्थ्य सामाग्रि र औषधि लिएर वडाको आधारभूत स्वास्थ्य केन्द्रमा हस्तान्तरण गरौ र त्यहाबाट उपचार सेवा सहज हुन्छ भन्ने निर्णय बमोजिम सामाग्रिहरु वडा आधारभूत स्वास्थ्य केन्द्रमा उपलब्ध गरायौ।

औषधि र स्वास्थ्य सामागि आएको थाहा पाएर पहिलो दिन आधारभूत स्वास्थ्य केन्द्रबाट झण्डै १५-२० जनाले सेवा पनि प्राप्त गरे। बिडम्बना अर्को दिन बिहानै गाउपालिका अध्यक्षले जिल्ला प्रशासनमा टेलिफोन गरि गाउमा औषधि र स्वास्थ्य सामाग्रि उपलब्ध गराउने कामलाइ अपराधीक भन्दै झुट्टा सुचना दिइ पक्राउ गरि कारबाही गर्न मुद्दा दायर गर्नु भएछ। गाउपालिका अध्यक्षले गरेको मुद्दा दायर र जिल्ला प्रशासनको जाँच बुँझ गरि सत्य तथ्य जानकारी उपलब्ध गराउन निर्देशन लगतै प्रहरीले युवा साथिहरुलाइ खोज्दै गाउँ गाउँ सम्म पुगेको भन्ने पनि सुने। हामिले गर्न खोजेको काम वास्तविक बिवरण सम्बन्धित निकायमा प्रष्टीकरण दिदै झुट्टा मुद्दाबाट छुट्कारा त पायौँ, तर म एकपटक गाउपालिका अध्यक्ष ज्यू लाई सोध्न चाहान्छु,  के गाउमा फैलिएको महामारी कम गर्न सहयोग गर्न सहयोगि यूवाहरुले गरेको काम अपराध हो र?  के हामिले चन्दा आतंक मच्चाएकै हो त?  के हामी गाउँ गाउमा लक डाउन उलङ्गन गर्दै हुल हुज्जत गरेकै हो त?  के हामी स्वास्थ्यकर्मी बिना औषधि बाट्दै हिडेको हो त?  मैले तपाइबाट यस्तो आरोप आउला भनेर कल्पना समेत गरेको थिएन, आखिर झुट्टा आरोप लगाउनु भयो…। के यो बिषयमा हामिलाइ एकपटक टेलिफोन गरेर के गर्न खोजेको हो भन्न सकिँदैन थियो र?  आखिर हजुरले कहाँको रिस पोख्न यो काम गर्नुभयो?  झुट्टा मुद्दा जिल्ला प्रशासन सम्म दिन कस्ले अह्रायो? कस्को सल्लाहमा ब्यक्तिगत रिस अगाल्दै पुलिस प्रशासन गुहार्नु भयो? मैले सोच्थे हामिले जिताएको प्रतिनिधिबाट यस्तो हुनै सक्दैन भनेर। यो हुनुमा तपाइ भन्दा पनि तपाइका सल्लाहकारको बढि दोष त होला, तपाइलाइ सुचना दिनेले बङग्याएर दियो होला, जहाँ जे भए पनि दोष त तपाइ माथि नै जाने हो। गाँउपालिका अध्यक्ष पदमा आसिन तपाइले अरुलाइ सम्झाएर काम लिने बेला हो, शासन गर्न झुट्ट मुद्दा लगाउन खोज्नु एकदिन आफैमा अपराध सावित हुनेछ।

हामि यूवाहरुले सकारात्मक सोचेर के गर्न सकारात्मक काम गर्दा सोचेभन्दा फरक वास्तविक कुरा देखियो नि त, आज काममा अबरोध गर्न मुद्दा र फेसबुक बक्तब्यले त हैरान बनायो नै, तर त्यो भन्दा बढी गाउमा महामारीले हैरान बनाएको छ, यो कुरा पनि नभूल्नुहोला । अझै मेरो घरमा स-परिवार बिरामि भएको सन्देश तपाईं समक्ष पुर्याउछु । गाँउलेहरु बिरामी हुँदा मेडिकलमा उपचारको बिल तिर्न हम्मे हम्मे भएका छन, किनकी गाँउमा आम्दानीको स्रोत न्यून छ। यस परिस्थितिमा हामी बिचमा भएको सन्देश आदानप्रदानले के बुझाउछ भने गाउमा जो मरे नि ठिक छ,  बरु लास ब्यवस्थापन गर्न सहयोग गर्न सकिनेछ तर कोभिड परिक्षण र उपचार गर्न गाँउपालिकाले सक्दैन भन्ने प्रस्ट हुन्छ। हैन भने कुन गाउको कति जनाको कोभिड परिक्षण र उपचार गर्नुभयो,  गंगादेब गाँउपालिका बासि २० हजार जनसंख्याले जवाफ मागिरहेका छन। महामारीको समयमा उच्च नैतिकता गाउपालिकाले देखाउन नसक्दा हामी दुःखी छौ। राजनैतिक प्रतिसोधलाइ महामारीमा इगो नबनाउन र गाँउ गाँउमा अतिआवश्यक स्वास्थ्य सेवा प्रदान गर्न अपिल गर्दछु। हजुर र हामि यूवाहरुको कामको सहि र गलत मूल्याङ्कन समयले गर्नेछ।

अध्यक्ष ज्यू, मेरो घरमा बुवा-आमा, श्रीमती, छोरी, वरपरका गाँउघर सबै कोभिड संक्रमण हुदा परिक्षण नगरि बस्न बाध्य छन र स्वास्थ्य उपचार नपाएर न मर्ने न बाच्ने अबस्थामा हुदा, गाउमा औषधि, स्वास्थ्य सामाग्रि पुर्याउनु जरा काटेको बुझ्नुहुन्छ भने, त्यो सहि र सत्य हो, हुनेछ । कोभिड संक्रमण फैलिन नदिन लकडाउन गर्ने हो, कोभिड संक्रमण भयो भने स्वास्थ्य मापदण्डको पालना गर्दै उपचार पनि गर्नु पर्छ जानकारी पनि हुनुपर्ने हो। नेतृत्वको संकटमा परिक्षण हुन्छ, कतिजना स्थानिय बासिलाइ उपचार सेवा पुर्याउनु भयो? अझैपनि म ध्यान आकर्षण गराउछु, कोभिड संक्रमण भएर उपचार नपाइ, उपचार हुन नसकि हाम्रो गाउपालिकामा मृत्यूको खबर सुन्न नपरोस। यदि त्यहि कारणले मेरो घर वा मेरो गाउमा त्यो कारणले मृत लास घरबाट निकाल्नु परेमा इतिहासले माफ दिने छैन! जय स्थानिय सररकार ! ! !

प्रतिक्रिया दिनुहोस