एउटै दृष्टि, भिन्न कोण

कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु, ८,४६७ जना संक्रमित थपिए

काठमाडौ २०७८ बैशाख ३१ गते शुक्रवार

शुक्रबार मुलुकमा ८,४६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ६ हजार १३५ जना निको भएका छन् । कूल संक्रमित संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । मृत्य हुनेको संख्या ४६६९ पुगेको छ । निको हुनेको संख्या ३ लाख २७ हजार पुगेको छ ।

सक्रिय संक्रमित संख्या १ लाख ७३ हजार ३६ पुगेको छ । ५१६ जना क्वारेन्टिनमा छन् । परीक्षणमध्ये संक्रमण दर १६ प्रतिशत छ । पजेटिभमध्ये मृत्युदर १.४ प्रतिशत छ । काठमाडौंमा सक्रिय संक्रमित ३० हजार ४५२ छन् ।

प्रतिक्रिया दिनुहोस