एउटै दृष्टि, भिन्न कोण

गंगादेबमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टी

रोल्पा २०७८ बैशाख ३१ गते शुक्रवार

रोल्पाको गंगादेव गाउँपालिकामा थप ३५ जनामा कोभिड- १९ पोजेटिभ देखिएको छ । गाउँपालिका स्वास्थ्य प्रमुख त्रिभुवन घर्ति मगरका अनुसार ३८ जनाको जाँच गरेकोमा ३५ जनालाई भने पोजेटिभ देखिएको हो ।

केहि दिन अघि ५९ जनाको पिसिआर चेकजाँचका लागि स्वाव संकलन गरि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । जसमध्ये २१ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको गाउपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस