एउटै दृष्टि, भिन्न कोण

गंगादेबमा आइसोलेशन सेन्टर संचालनमा आउनेः मास कन्टयाक ट्रेसिङ परिक्षण गरिने

रोल्पा २०७८ जेष्ठ १ गते शनिवार

गंंगादेब गाँउपालिकाले कोभिड संक्रमितहरुको लागि अक्सिजन सहितको आइसोलेशन सेन्टर भोलि आइतबार देखि संचालनमा ल्याउने भएको छ। हाल १० बेडको आइसोलेशन आउने ३ वटा अक्सिजन मात्र प्राप्त गर्न सफल भएको स्वास्थ्य संयोजक त्रिभुवन घर्तीले जानकारी दिए ।

उनका अनुसार कोभिड संक्रमणको अबस्था अनुसार थप अक्सिजन खोजि भैरहेकोले अक्सिजन सम्पर्कमा भए जानकारी गराइदिन अनुरोध समेत गरेका छन । संक्रमणको अवस्था हेरेर आइसोलेसन बेडहरु बढाउने समेत जानकारी गराए ।

आइतबार देखि संचालनमा आउने कोभिड हस्पिटल सुकाओढारमा रहेको २ नम्बर वडा कार्यलयको हलमा निर्माण गरिएको छ। कोभिड हस्पिटलमा २ जना स्वास्थ्य कर्मी र एक जना कार्यालय सहयोगीको ब्यबस्थापनगरि आउदो आइतबार देखि परिचालन गर्ने जानकारी समेत दिए।

कोभिड संक्रमण रोकथामका लागि स्थानीय तहमा भएका स्वास्थ्यकर्मीहरुलाई गाँउगाँउमा परिचालन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ। साथै यसअघि कोभिड पोजेटिभ देखिएका बिरामीहरुको अबस्थाको जाँचबुझ तथा रेखदेखका लागि स्वास्थ्य कर्मीको मोबाइल टिम परिचालन गर्ने बताइएको छ ।

स्वास्थ्य संयोजकका अनुसार गाउपालिकाले कोभिड परिक्षणकोलागि ‘मास कन्टयाक ट्रेसिङ’ परिक्षण गर्ने भएको छ । साबिकका गाबिसहरु पाखापानी, रांक, जिनाबाङ र जिनाबाङको कुकुर गारेमा मास कन्टयाक ट्रेसिङ परिक्षण गर्न जिल्ला स्वास्थ्य कार्यलय रोल्पाबाट २ जना प्रयोगशाला बिषयक स्वास्थ्यकर्मी गाउँपालिकाले झिकाई आउदो सोमबार र मंगलबार पिसिआरका लागि स्वाव संकलन गर्ने भएको छ ।

विशेषगरी कोरोना लक्षण भएका बिरामीहरुलाई, कोभिड पोजेटिभ भएका व्यक्तिहरुसंग लसपस भएका र अन्य देशबाट आएका व्यक्तिहरुको समेत स्वाव संकलन गर्ने तयारि भैरहेको छ । उनले अनुसार ‘कम्तिमा पनि डेढसय बढी व्यक्तिहरुको स्वाव संकलन गरि परिक्षण गिरने जानकारी दिए ।

यस अघि गाँउपालिकाले कुनै तयारी नगरेको भन्दै यूवाहरुले आलोचना गर्दै सहयोग अभियान समेत चलाएका थिए। कोभिड संक्रमण रोकथामका लागि आइसोलेसन सेन्टर संचालन, स्थानीय तहमा भएका स्वास्थ्यकर्मीहरुलाई गाँउगाँउमा परिचालन गर्ने योजना र कोभिड पोजेटिभ देखिएका बिरामीहरुको अबस्थाको जाँचबुझ तथा रेखदेखका लागि स्वास्थ्य कर्मीको मोबाइल टिम परिचालन गर्ने योजना सकारात्मक कदम भएको स्थानिय यूवाहरुले बताए ।

प्रतिक्रिया दिनुहोस