एउटै दृष्टि, भिन्न कोण

गंगादेबमा कोभिड संक्रमितको संख्या ९८ पुग्यो

रोल्पा २०७८ जेष्ठ १ गते शनिवार

रोल्पाको गंगादेव गाउँपालिकामा थप २१ जनामा कोभिड- १९ पोजेटिभ देखिए सगै कोभिड पोजेटिभको संख्या ९८ जना पुगेका छन् । रिपोर्ट आउन बाँकी रहेका २१ जना सबैलाई कोभिड पोजेटिभ देखिएको गंगादेव गाउँपालिका स्वास्थ्य संयोजक त्रिभुवन घर्ति मगरले जानकारी दिए ।

गाउपालिकामा १ जना कर्मचारी र १ जना बजारबासीमा कोरोना देखिए पश्चात गरेको कन्ट्याक्ट् ट्रेसिङ मा ४३ जना परिक्षण बाट ४२ जना, दोस्रो चरणमा ५९ जनाको पिसिआर परिक्षण गर्दा ५६ जनालाई पोजेटिभ भेटिएको छ ।

सबै १ सय २ जना व्यक्तिहरुमा पिसिआर परिक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस