एउटै दृष्टि, भिन्न कोण

नेपालमा पत्ता लागेको कोरोनाको भेरियन्ट बेलायतको भन्दा ५० प्रतिशत बढी संक्रामक

काठमाडौ २०७८ जेष्ठ ५ गते बुधवार

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोभिड – १९ को तेस्रो भेरियन्ट निकै संक्रामक रहेको बताएको छ । नेपालमा गत हप्ता कोभिड १९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिग गर्दा ९७ प्रतिशतमा (३४ वटा) बि. १. ६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा(१ वटा) बि.१. ६१७. १ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार एक विज्ञप्ति निकाल्दै नेपालमा तेस्रो भेरियन्ट रहेको बारे जानकारी गराइसकेको छ ।

यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् । बुधबार कुरा गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च संक्रमण रहेको पनि उनले जानकारी दिए । उनले भने– ‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो ।

जुन अप्रत्यक्ष रुपमा नेपालमा संक्रमण बढेको दर, भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामि एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ भनेर । केही अध्ययनहरुमा, बेलायतको मेडिकल जर्नलमा ब्लगमा उनीहरुले लेखेको अनुसार बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा यो भेरियन्ट अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक छ है भनेर आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस