एउटै दृष्टि, भिन्न कोण

गंगादेबमा मास कन्ट्याक्ट् ट्रेसिङ गर्न स्वाब संकलन

रोल्पा २०७८ जेष्ठ ६ गते बिहिवार

रोल्पाको गंगादेव गाउँपालिकामा कोभिड -१९ का बिरामीहरु बढ्दै गएपछि स्थानीय तहले ‘मास स्क्रिनिङ’ संचालन गरेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरु र कोभिड लक्षण देखिएका बिरामीहरुको पीसीआर परीक्षण गर्न सहभागि गराइएको हो।

गाउँपालिका भित्र पाखापानी स्वास्थ्य चौकीमा र रांक स्वास्थ्य चौकीमा ४ गते मंगलबार ७३ जनाको स्वाव संकलन गरिएको छ भने ५ गते बुधबार जिनाबाङ स्वास्थ्य चौकीमा १६ जना र वडा नं ३ को कुकुरगारेमा ३४ जनाको स्वाव संकलन गरिएको छ । सचेतना अभावको कारण कोभिड देखिए पछि समाजमा हेर्ने दृष्टीकोण फरकहुने भन्दै केही ब्यक्तिहरु स्वाब संकलनमा सहभागी नभएको स्थानियले बताए ।

स्वास्थ्य संयोजक त्रिभुवन घर्तीका अनुसार जेठ ४ र ५ गते संकलित स्वाबको पिसिआर रिपोर्ट आउन हप्तादिन लाग्ने छ। महामारी फैलिएको समयलाई आधार मान्ने हो भने कन्ट्याक्ट् ट्रेसिङ महामारीग्रस्त क्षेत्रमा कोभिड परिक्षणकोलागि स्वाब संकलन र परिक्षण गर्न ढिला भएको स्थानिय बासिहरु बताउछन ।

गंगादेबमा यस अघि अघि १ सय २ जना व्यक्तिहरुमा पिसिआर परिक्षण गर्दा कोभिड पोजेटिभहरु ९८ जना भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस