एउटै दृष्टि, भिन्न कोण

दाङका आइसोलेशनहरुमा रेडक्रसको सहयोग

दाङ २०७८ जेष्ठ २१ गते शुक्रवार

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाले जिल्लामा संचालित आइसोलेशन सेन्टरहरलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आज बंगलाचुली र घोराही बाहेकका पालिकाहरुमा रेडक्रस स्वयम सेवक मार्फत हस्तान्तरण गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखामा प्राप्त नेरेसो केन्द्रबाट प्राप्त सामाग्रि र स्वास्थ्य प्रवर्द्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम नेपालगन्ज बाँकेको सहभागितामा कोभिड प्रतिकार्य कार्यक्रम लगायत दाताहरुले सहयोग गरेको हो ।

कोभिड महामारीलाइ कम गर्न दाताबाट प्राप्त सहयोगलाई लक्षित बर्ग सम्म पुर्याउन कोसिस गर्दै स्थानिय निकायबाट आइसोलेशन संचालित स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षा सामाग्रिहरु उपलब्ध गराएको नेरेसो सभापति नारायण आचार्यले जानकारी दिनुभयो ।

नेरेसो कन्द्रिय कार्यालय, स्वीस रेडक्रस लगायत बिभिन्न दाताको आर्थिक सहयोगमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको आइसोलेसनको अग्रपंक्तिहरुमा खटिएका स्वास्थ्यकर्मी र संक्रमित मानिसहरुका लागि नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखामा मार्फत स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको नेरेसो दाङ जिल्ला शाखा मन्त्री तथा कोभिड फोकल प्रर्शन प्रकाश श्रीवन्दले जानकारी दिए।

आज नै बंबई, शान्तिनगर, दंगिशरण, राप्ती, गढवा, राजपुर गाउपालिका, लमहि नपा र तुल्सिपुर उमनपा मा स्वास्थ्य सामाग्रीहरुमा थर्मलगन ,पल्स अक्सिमिटर, पिपिई सेट,फेससिल्ड, सर्जिकल ग्लोब्स, सेनिटाइजर,सर्जिकल मास्क,हातधुने साबुन र कोरोना भाइरस सम्बन्धि सन्देशमुलक फ्लेक्स, फोहोर बिषर्जनकोलागि  डस्टबिन, क्लोरिन हस्तान्तरण गरिएको हो । घोराहि उ म न पा र बंगलाचुली गाउपालिकामा भने समय अभावका कारण बितरण गर्न नसकिएको जानकारी दिए

प्रतिक्रिया दिनुहोस