एउटै दृष्टि, भिन्न कोण

दाङको तुल्सिपुरमा गोली चल्यो

दाङ २०७८ जेष्ठ २८ गते शुक्रवार

दाङमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका- ८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय पूर्ण बहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाइको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए । उनले कुलो जग्गा विवादमा गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस