उज्यालो नजर

उज्यालो टाइम्स डटकम ग्रामिण पत्रकारिताको अभ्यासमा छ। ‘उज्यालो नजर’ तपाईको सहज प्रयोगका लागि तयार पारिएको प्लेटफर्म हो। यसलाई सरल ढंगले प्रयोग गर्न सकिनेछ।

‘गाउन्देखी गाउँसम्म’ गाउँकै समाचारमार्फत तपाईलाई जोड्ने छौं। स्मरण होस - दैनिक रुपमा देखेका, भोगेका वा सुनेका विषयहरु समाचार बन्न सक्छन्। डिजिटल युगमा ग्रामिण पत्रकारितालाई गाउँ–गाउँसम्म विस्तार गर्ने परिकल्पना गरेका छौं।

‘उज्यालो नजर’ मा भ्रष्टाचार, अन्याय–अत्याचार, अनियमितता लगायतका बेथितिहरुको चर्चा गरिनेछ। हामीलाई तपाईमार्फत जानकारी आएपछि सम्बन्धित निकायसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशन गर्ने छौं।

इमेल वा फोनमार्फत यो फोरमलाई प्रयोग गरेर तुरुन्त सम्पर्क गर्नुहोस्। तपाईले पठाएको विषय वस्तुबाट समाचार तयार पार्न हाम्रो पुर्ण सहयोग हुनेछ। र, तपाईले चाहेको खण्डमा तपाइको नाम गोप्य राखिने छ। धन्यवाद